पालिकाको सेवा वडाबाटै
जिल्लाको दुर्गममा रहेका दुई पालिकाले घुम्ती शिविरमार्फत आठ हजारभन्दा बढी नागरिकलाई सेवा दिएका छन् । जिल्लाको पूर्वी भेगमा रहेका निस्दी र रम्भा गाउँपालिकाले घुम्ती शिविरमार्फत आठ हजार ५८ जना नागरिकलाई सेवा दिएका हुन् ।
पालिकाको केन्द्रबाट उपलब्ध हुँदै आएको सेवा वडा–वडामा पुगेर प्रदान गरिएको थियो । घुम्ती शिविरबाट योजना सम्झौता, पेस्की निकासा, व्यवसाय नर्दा तथा नवीकरण, अपाङ्गता र एकल महिलालाई परिचयपत्र वितरण, किसानका लागि आवश्यक परामर्श, स्वास्थ्य सेवा प्रदान गरिएको हो । यस्तै, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य जाँच तथा निःशुल्क औषधी वितरण पनि शिविरमा भएको थियो ।
निस्दी गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ७ सम्म गरिएको घुम्ती शिविरमार्फत तीन हजारभन्दा बढीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । गाउँपालिकाबाट प्रदान गरिने सेवा वडा तहमै पुगेर सेवा दिँदा नागरिक खुसी भएको उहाँले बताउनुभयो ।
यस्तै, रम्भा गाउँपालिकाको छ वटा वडामा पाँच हजार एक सयले सेवा लिएका छन् । शिरिवरमा शिक्षासम्बन्धी सेवा, स्वास्थ्य सेवा, पशुपन्क्षी सेवा, योजना सम्झौता, व्यवसाय दर्तालगायतको काम गरिएको पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । पालिकाको केन्द्रसम्म आएर सेवा लिन नसकेका नागरिकलाई गाउँमै पुगेर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । भौगोलिक विकटता र आर्थिक कारणले पालिकासम्म आएर सेवा लिन नसकेका नागरिकले शिविरबाट राहतको महशुस गरेको उहाँको भनाइ छ ।
पालिकाले वडामा पुगेर दिएको सेवाले नागरिकसमेत उत्साहित बनेका छन् । स्वास्थ्य र आर्थिक अभावका कारण पालिकाको सेवा लिन नसकेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकले सेवा पाउँदा खुसी लागेका बताएका छन् । वडामै सेवा पाएपछि पालिकामा जान सवारीसाधन नपाउने, पालिकामा सेवा लिन गए दुई दिन बिताउनुपर्ने बाध्यताबाट मुक्त भएको स्थानीय बासिन्दाले बताएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #पालिकाको सेवा वडाबाटै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्