राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुस १९ र २० गते
काठमाडौं, १६ पुस । राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक यही पुस १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावि कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेश हुनेछ । उनले अहिले मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र रहेको भन्दै त्यसको विकल्प आन्दोलन भएकाले बैठकमा सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरु एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइनेसमेत बताए । स्थानीय तहहरुको अधिवेशन, भातृ संगठनहरुको क्रियाशिलताका बारेमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।
यसैगरी, बैठकमा पुस २७ गते राष्ट्रिय एकता दिवस भव्यतापूर्वक मनाउनेसमेत निर्णय हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुस १९ र २० गते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्