भारतीय पक्षले शुक्लाफाँटा आरक्ष क्षेत्रको एक हजार बिघा जमिन अतिक्रमण गरेको झलनाथको दाबी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
खनालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गा भारतीयहरूले कब्जा गरेको र नेपालतिरबाट सो क्षेत्रमा आवागमनको समेत समस्या भएको बताएका छन् ।
दक्षिणतिरबाट लगातार सो क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न सरकारले कुनै कदम नचालेको खनालको आरोप छ ।
पूर्व प्रधानमन्त्री खनालले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #भारतीय पक्षले शुक्लाफाँटा आरक्ष क्षेत्रको एक हजार बिघा जमिन अतिक्रमण गरेको झलनाथको दाबी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्