भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीको गत साता बसेको स्थायी कमिटी बैठकले पार्टीसँग संवादमा रहेका नेताहरुलाई भित्र्याउने औपचारिक निर्णय गर्यो । त्यसका लागि अध्यक्ष माधव नेपाल आफैं खटिएर एमालेका पूर्वउपाध्यक्षसमेत रहेका वामदेव गौतमसँग संवाद गरे ।
नेता गौमत नेकपा एसमा जाने निर्णय भएपछि एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा जाने चर्चा चल्न थालेको छ । यद्यपि यो हल्ला अहिलेमात्रै चलेको होइन ।
वामदेव गौतम एकीकृत समाजवादीमा जाने भएपछि तपाईंको पनि चर्चा छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘म अहिले कहीँ पनि जान्न । मेरोबारेमा गरिएको हल्लामा कुनै सत्यता छैन । म एमालेमै रहन्छु मेरो सदस्यता एमालेमै छ।’
उनले एकीकृत समाजवादीमा जाँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे ।
अहिले एकीकृत समाजवादीका नेताहरुसँग संवादमा हुनुहुन्छ त भन्ने प्रश्नमा उनले थपे, ‘छैन, उहाँहरुले महाधिवेशन गर्नुअघि र महाधिवेशनपछि पनि लगत्तै मसँग कुरा गर्नुभएको थियो, तर अहिले छैन ।’
नेता रावलले महाधिवेशनअघि नेकपा एसका नेताहरुसँग राजनीतिक र वैचारिक विषयमा कुराकानी भएको बताए ।
उनले थपे, ‘उहाँहरुले पार्टीमा आउनुपर्यो भनेर पनि कुराकानी गर्नुभएको हो, तर त्यसपछि कुनै कुरा भएको पनि छैन । मेरो अहिले एमाले छाडेर जाने सोचविचार छैन ।’
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्