संविधान संशोधनका लागि कांग्रेस र एमालेले केही दिनमै कार्यदल बनाउँछ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरुसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गर्ने बताए ।
उनले संविधान संशोधनको लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लै कार्यदल बनाउन लागेको बताए ।
उनले थपे, ‘हामी छलफल गरेर विषयहरुको पहिचान गर्छौं । त्यसपछि हामीले चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । समय लाग्छ अहिले नै हुने कुरा होइन ।’
उनले संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउन गर्न लागेको बताए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #संविधान संशोधनका लागि कांग्रेस र एमालेले केही दिनमै कार्यदल बनाउँछ: गृहमन्त्री लेखक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्