टुंगो लाग्यो नेकपाको युवा संगठनको नाम र झण्डा
काठामाडाैँ, २ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठनको नाम र झण्डाको टुंगो लागेको छ ।
यसअघि नेकपाले युवा संघको नेतृत्व र केन्द्रीय कमिटीको आकारको टुंगो लगाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संगठनको नाम र झण्डाको टुंगो लगाएको संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
युवा संगठनको नाम ‘राष्ट्रिय युवा संघ, नेपाल’ रहनेछ । संगठनको झण्डा यसअघि एमालेको युवा संघले प्रंयोग गर्दै आएको रातो र नीलो पृष्ठभूमिको बीचमा सेतो पाँचकुने तारा अंकित हुनेछ ।
राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । पेरिसडाँडालाई जनसंगठनको केन्द्रीय कार्यालय बनाउने निर्णय पार्टीले नै गरेको थियो ।
जेठ ३ गते सार्वजनिक गरिएको बाँडफाँट अनुसार युवा संगठनको नेतृत्व वाईसीएल र सहसंयोजक युवा संघको भागमा परेको थियो । संयोजकमा दीपशिखा र सहसंयोजकमा रमेश पौडेल चयन भइसकेका छन् । केन्द्रीय कमिटीको संख्या २५१ तोकिएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा) को युवा संगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्