नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट भूकम्प प्रभावितहरूलाई भेट्न
जाजरकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका जाँदैछन् ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज यसतर्फ गएका हुन् ।
यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूसँग भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले दिए ।
आचार्यका अनुसार जाजरकोट पुगेर अध्यक्ष ओलीले भूकम्प पीडितहरूसँग अन्तरक्रिया गर्ने, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम अपराह्न भेरी नगरपालिका १ रिम्नामा तय गरिएको छ ।
एमालेले कात्तिक १ गते देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ । राती गएको उक्त भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका थिए भने ९४ जना सिकिस्त घाइते भएका थिए ।
९ हजार ७ सय ९४ घर पूर्ण रुपमा क्षति गरेको भूकम्पले २४ हजार ७ सय ७ घर आंशिक क्षति हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार विस्थापित भएका छन् ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्