इजरायलमा बेपत्ता बिपिनको खोजी तीव्र छ उहाँलाई फिर्ता ल्याइन्छ : प्रधानमन्त्री
कैलाली । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इजरायल बेपत्ता भएका बिपिन जोशीको खोजी कार्य तीब्र रहेको बताएका छन् ।
कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए ।
प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका कन्चनपुर भिमदत्त ३ का जोशी अहिलेसम्म सम्पर्कविहीन छन् । प्रधानमन्त्री प्रचण्डले अहिले इजरायलमा मात्र नभइ हमास आवद्द देशहरुम पनि खोजी भइरहेको बताए ।
‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’ गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर प्रधानमन्त्री प्रचण्ड समाजवादी मोर्चाको कार्यक्रममा सरिक हुन धनगढी लगेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##breaking#। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्