संघिय गणतन्त्र ठुलो बलिदानीले प्राप्त भएको हो : पम्फा भुसाल
सरोज ओझा
सत्तारुढ दल नेकपाकी प्रभावशाली नेत्री तथा साम्सद पम्फा भुसालले संघिय गणतन्त्र ठुलो बलिदानीले प्राप्त भएको बताएकी छिन् । पूर्व मन्त्री समेत रहेकी नेत्री भुसालले सहीदको बलिदानी र जन आन्दोलनको उपलब्धीको रुपमा रहेको संघिय गणतन्त्रले नागरिकको सर्बोत्तम हित गर्ने धारणा राखेकी थिईन ।
गणतन्त्र दिवस तथा वातावरण दिवसको पूर्व सन्ध्या माझ ललितपुरमा बुधवार आयोजित वडा ब्रिहत सरसफाई एवम जनचेतनामुलक कार्यक्रम माझ उनले सो कुरा राखेकी हुन । त्यसैगरि घर राम्रो बनाउने तर घर बाहिर भने जथाभावी फोहर फाल्ने प्रब्रित्ती बिधमान रहेको औंल्याउदै त्यस्तो बानी सबैले त्याग्नुपर्ने जिकिर समेत उनले गरिन ।
त्यसैगरि ललितपुर महानगरपालिका ०५ नम्बर वडाका वडा अध्यक्ष बिकासमान श्रेष्ठले आफ्नो घर मात्र सफा राख्दैमा स्वस्थ नभईने बताउदै आफ्नो टोल, छिमेक समेत सफा राख्न आग्रह गरे । कार्यक्रममा कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का तथा नेप्से म्याकका अध्यक्ष लक्ष्मी गेलालले मन्तब्य धारणा राख्दै वरपरको वातावरणिय स्वच्छताका लागि संस्थागत रुपमा साथ र सहयोग सदैव रहने बताए । उक्त कार्यक्रमको संचालन ललितपुर ०५ नम्बर वडाकी महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठले गरेकी थिईन ।

यस अघि नेत्री भुसाल, ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर गीता सत्याल, वडा अध्यक्ष विकासमान श्रेष्ठ एबम अन्य जन निर्वाचित प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, वडाबासी लगायतको उल्लेख्य सहभागिता माझ वडाको सरसफाई गरिएको थियो । ललितपुर ०५ नम्बर वडाद्वारा आयोजित सो सरसफाई कार्यक्रम अन्तर्गत चार समुहको टोलीले वडा स्थित विभिन्न क्षेत्रसम्म पुगी फोहर संकलन गरेको थियो ।
महा लक्ष्मी पार्टी प्यालेस,थसिखेलबाट शुरु भएको उक्त सरसफाई अभियान नगरको विभिन्न ठाउँ हुँदै क्रिस्टल पार्टी प्यालेस, मानभवनमा गएर टुङिएको थियो ।
यसै माझ वडा स्थित टोल विकास संस्था, महिला समुह र क्लबहरुलाई दुई दुई वटा चेतनामुलक बोर्ड, केही स्टिकर र थुन्से, साबेल, कुच्चो, फोहर दानी वितरण गरिएको थियो । आफ्नो तालुकको क्षेत्रमा हप्ताको एक दिन सरसफाई गर्ने परिपाटी बसाल्न सहज होस् भन्ने हेतुले वडाले सहयोग हस्तान्तरण गरेको वडा अध्यक्ष बिकासमान श्रेष्ठले बताए ।
क्याटेगोरी : राजनीति
ट्याग : #पम्फा भुसाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्