ईःले गरे मेयर बालेनको भनाइको खण्डन
सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् ।
सोमबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको आरोप लगाएका थिए । आन्दोलनको विषय र समस्याका बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको उनले उल्लेख गरेका छन् ।
“विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ, यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,” मेयर बालेनले लेखेका छन्, “लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ । सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?”
त्यसलगतै अभियन्ता ईःले उक्त स्ट्याटस सेयर गर्दै मेयर बालेनको भनाइको खण्डन गरेका छन् । ईःले नगर प्रहरी आएर आफूहरूलाई हप्काएको उल्लेख गरेका छन् ।
“मेयर यहाँ आउनुभएको होइन । सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन् । करिब २० मिनेटअगाडि अकस्मात् एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए,” ईःले लेखेका छन्, “हामीले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ । नगर प्रहरीले रिसाएर जवाफ दिए– त्यसो भए मेयरले भेट्दैन ।”
विगत केही दिनदेखि अभियन्ता ईःलगायत व्यक्ति प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअगाडि आन्दोलनमा छन् ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्