वीपीको समाजवाद व्यवहारमा लागु भएन: शेखर कोइराला
काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वीपीको समाजवाद ब्यवहारमा लागु हुन नसकेको बताएका छन् ।
आइतबार चितवनमा आयोजित ११०औँ वीपी जयन्तीको अवसरमा वीपीको शालिक अनावरण तथा बृक्षारोपण कार्यक्रम कार्यक्रममा कोइरालाले वीपीले भने जस्तो गरीब असाहय र समाजमा पछाडि परेकाहरुलाई निशुल्क शिक्षा स्वास्थ्य र रोजगारको ब्यबस्था हुन नसकेको र वीपीको समाजवाद पनि ब्यवहारमा लागु हुन नसकेको बताएका हुन् ।
अग्रज नेताहरुको सम्झनामा बनाईएका शालिकहरु आन्दोलनको क्रममा तोडफोड भएकाले शालिकहरुको पनि सरक्षण गर्नको लागि अभिलेख राख्न जरुरी रहेको उनले बताए ।
नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे ।
अहिले कांग्रेस यो कुराबाट कतै बिचलित भएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ । भरतपुर–३ मा रहेको वीपी शान्ती वनमा ३५ लाखको लागतमा शालिक निर्माण गरिएको हो ।
उक्त स्थानमा २०५३ सालमा ढलोटको पूर्ण कदको शालिक निर्माण भएपनि शालिक तोडफोड भएपछि अहिले नयाँ शालिक निर्माण गरिएको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #वीपीको समाजवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्