नेकपा एसका नेताहरू एमालेमा फर्किनका लागि आन्तरिक छलफलमा
पोखरा । नेकपा एकीकृत समाजवादीबाट मंगलबार राजीनामा स्वीकृत भएपछि नेता चुडामणि जंगलीले भनेका थिए, ‘अब पार्टीमै लागेर राजनीति गर्ने भए एमालेमै फर्किएर गर्छु ।’
एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरू नेकपा एमालेमा फर्किने तयारीका लागि छलफलमा जुटेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन इच्छुक देखिएका छन् ।
उनीसहित नेकपा एसका संस्थापक नेताद्वय मुकुन्द न्यौपाने र केदार न्यौपानेले पनि एमाले फर्किने संकेत गर्दै आएका छन् । केदारको राजीनामा स्वीकृत भइसकेको छ भने न्यौपाने छलफलमा छन् ।
यतिवेला उनीहरुसहित नेकपा एसका थप नेताहरुलाई एमालेमा फर्काउन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सक्रिय देखिन्छन् । उपमहासचिव गुरुङ गण्डकी प्रदेशमा एकीकृत समाजवादीका बलिया मानिएका नेताहरुलाई एमालेमा फर्काउन छलफल तथा भेटघाट गरिरहेका छन् ।
एमाले स्रोतका अनुसार केन्द्रीय उपाध्यक्षसमेत रहेका केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, हालका अध्यक्ष श्रीराम कार्की, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष शंकरनारायण श्रेष्ठ एमालेमै फर्कने गरी छलफलमा छन् । ‘उहाँहरु आउन खोजिरहनुभएको छ, एमालेबाट कुन पद दिने छलफल भइरहेको छ । बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ला’, स्रोतले भन्यो ।
गुरुङले एकीकृत समाजवादी तनहुँका नेताहरूसँग भेटेको तस्वीर बुधबार उनको सचिवालयबाट सार्वजनिक भएको छ । उक्त तस्वीरमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपालीलगायतलाई देख्न सकिन्छ । उक्त भेटघाट केही दिनअघिको हो ।
उनीसहित नेकपा एसका संस्थापक नेताद्वय मुकुन्द न्यौपाने र केदार न्यौपानेले पनि एमाले फर्किने संकेत गर्दै आएका छन् । केदारको राजीनामा स्वीकृत भइसकेको छ भने न्यौपाने छलफलमा छन् ।
यतिवेला उनीहरुसहित नेकपा एसका थप नेताहरुलाई एमालेमा फर्काउन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सक्रिय देखिन्छन् । उपमहासचिव गुरुङ गण्डकी प्रदेशमा एकीकृत समाजवादीका बलिया मानिएका नेताहरुलाई एमालेमा फर्काउन छलफल तथा भेटघाट गरिरहेका छन् ।
गुरुङले एकीकृत समाजवादी तनहुँका नेताहरूसँग भेटेको तस्वीर बुधबार उनको सचिवालयबाट सार्वजनिक भएको छ । उक्त तस्वीरमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपालीलगायतलाई देख्न सकिन्छ । उक्त भेटघाट केही दिनअघिको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा एसका नेताहरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्