वर्तमान शासकीय स्वरूपबाटै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ : अध्यक्ष ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान शासकीय स्वरूपबाटै मुलुकमा राजनीतिक स्थायित्व एवम् समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष ओलीले शासकीय स्वरूपले दिएको प्रणालीलाई सही रूपले व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको शासकीय स्वरूपका प्रणालीमा कुनै व्यवधान नभएको भन्नुहुँदै यसलाई सही रुपमा कार्यान्वयन गर्न दलहरू गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।
शासकीय स्वरूपका प्रणालीलाई सही रुपमा कार्यान्वयन गर्ने र व्यवहारमा उतार्ने विषयमा केही कमीकमजोरी रहेको भन्नुहुँदै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीय स्वरूप पनि सफल हुन नसक्ने बताउनुभयो ।
उहाँले शासकीय स्वरूप परिवर्तन गर्ने विषयमा अहिले नै हतार गर्ने बेला नभएको बताउनुहुँदै यस्ता विषयलाई, सल्लाह र समझदारीमा समाधान गर्न सकिने बताउनुभयो ।
मङ्सिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टीको बहुमत आउने बताउनुहुँदै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो पार्टी सरकारमा हुँदा उल्लेखनीय काम गरेकाले एमालेप्रति जनताको विश्वास बढेको पनि बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्