मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ !
काठमाडौं, ९ चैत । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका छन् ।
प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसँगै ९ जनामा अधिकारी पनि छन् । उनी माओवादी हुँदै विप्लव समूहसम्म पुगेका थिए ।
०६६ सालमा अधिकारी र मगरको प्रेम विवाह भएको थियो । तर, सम्बन्धमा खटपट आएपछि ०६९ सालमा मगरले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसँग प्रेम विवाह गरेकी थिइन् ।
अधिकारीले त्यसपछि एउटा अखबारमा अन्तरवार्ता दिँदै बिनाले आफू प्रकाश दाहालसँग हिडेको बताउँदा चकित परेको प्रतिक्रिया दिएका थिए ।
प्रहरीले काभ्रेको खानीखोला–७ बाट बा१७च ४८९३ नम्बरको स्कारपियोमा नेता ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो । ओली र अधिकारीसहित धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ट, ललित तामाङ, देव घिमिरे, सञ्जिव कार्की र लोकेन्द्र खड्का पनि प्रहरी नियन्त्रणमा छन् । उनीहरूलाई टेकुमा राखिएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #विप्लव समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्