राउतसँग भएको सम्झौता सकारात्मक -बाबुराम भट्टराई
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ ।
राजविराजमा आज नेपाल प्रेस सोसाइटीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले राउतसँग भएको सरकारको सम्झौतालाई सकारात्मक रुपमा लिनुपर्ने र दुई नम्बर बुँदामा दुवै पक्षबाट दोहोरो अर्थ लाग्ने गरी भइरहेको व्याख्या र अस्पष्टता चाँडै अन्त्य हुनुपर्ने बताउनुभयो ।
संविधानमा तीनै तहको आ–आफ्नो अधिकार लेखिए पनि कानून बनाउने क्रममा सरकारले प्रदेश र स्थानीय तहको अधिकार केन्द्रमा राख्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताको मर्मविपरित केन्द्रको मुख ताक्नुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहलाई बलियो बनाएमा सङ्घीयता बलियो हुन्छ ।”
क्याटेगोरी : राजनीति
ट्याग : #बाबुराम भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्