गोरखा दुवै क्षेत्रको विकासको जिम्मा लिन्छु: प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखाबाट चुनाव लड्न आउनुमा कांग्रेस नेता राजेन्द्र बजगाईको पनि भूमिका रहेको भन्दै गोरखा १ मा आफूलाई सम्झेर बजगाईसहित गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
निर्वाचन क्षेत्र गोरखा २ जाने क्रममा क्षेत्र नम्बर १ को आरुघाटमा स्थानीयसँगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आरुघाट र आरुटार आउँदा आफूलाई गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुने गरेको बताए । प्रचण्डले आरुघाटमा आफूले ३ वर्ष अध्यापन गरेका क्षणहरु सम्झिए ।
उनले भने–आरुटार आउँदा गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुन्छ । यहाँ तीन वर्ष अध्यापन गरेँ २२,२३ वर्षको उमेरमा । अघि राजेन्द्र बजगाईजीले भन्नुभयो,प्रचण्डले आरुघाटलाई असाध्यै माया गर्दोरहेछ । मैले होइन तपाईहरुले मलाई माया गर्नुभएको छ ।
आफूलाई पार्टीले गोरखा १ बाट चुनाव लड्न शुरुमा सिफारिस गरेको र आरुघाटमै पढाएकाले पनि आफूलाई यहाँ आउन मन भएको उनले बताए । तर पार्टीमा छलफल हुँदा क्षेत्र नम्बर २ उपयुक्त ठानेर उम्मेदवारी दिए पनि क्षेत्र नम्बर १ समेत आफ्नै रहेको उनले बताए ।
प्रचण्डले भने– छलफल गर्दै जाँदा देशभरी पनि घुम्नुपर्ने भएकाले सहज ठाउँ २ नम्बर पो हो क्यारे भन्ने सुझाव आयो । म २ नम्बरमा आउनुमा राजेन्द्र बजगाईजीको पनि यो वातावरण बनाउन केही न केही भूमिका रह्यो एक र दुई मेरो लागि खासै फरक होइन,मुख्य कुरा म गोरखा आएँ । गोरखाको जनताको मत लिएर जान चाहान्छु । र दुवैतिरको विकासलाई समानरुपले लैजान्छु ।
प्रचण्डले आफू आरुघाट आउँदा त्यो बेला लठ्ठी खेलेको सम्झना समेत आउँने गरेको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गोरखा दुवै क्षेत्रको विकासको जिम्मा लिन्छु- प्रचण्ड, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्