राष्ट्रिय प्रजातन्त्र पार्टीको विस्तारित बैठक काठमाडौँमा
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ ।
राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ सङ्गठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसङ्घर्ष, देशको समसामयिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टीका नेत्री सरस्वती केसीले जानकारी दिनुभयो ।
उक्त बैठकबाट केन्द्र, प्रदेश र जिल्लामा गरिने सङ्गठन सुदृढिकरण, राजनीतिक गतिविधिलगायत विषयमा धारणा तय गरिने छ । हिन्दूराष्ट्रको पुनःस्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताको खारेजी, सन् १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको माग गर्दै पार्टीले यही फागुन १५ गतेदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिरहेको छ । सो यात्रा यही फागुन ३० गते काठमाडौँमा समापन गरिने भएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्