एमाले अछामबाट प्रदेश सभाका उम्मेदवार लागि १९ जनाको नाम सिफारिस
अछाम । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले अछामले उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमालेले प्रदेश सभाका लागि अछामका चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट १९ जनाको नाम सिफारिस गरिएको हो।
नेपाल कम्यूनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र समन्वय समितिका बैठकहरूले उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रदेश सभाका लागि अछामको निर्वाचन क्षेत्र नम्बर १ को क र ख बाट ४र४ जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रकाश शाह, देव बहादुर कुँवर, देव बहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरिएको छ। यस्तै
अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट कृष्ण प्रसाद जैशी, केशर बहादुर साउँद, डिबि साउँद र पद्मा तिमिल्सिना न्यौपाने नाम सिफारिस गरिएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट ७ जना र (ख) बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ बम बहादुर बिसी, भीम बहादुर बिष्ट, कमल रावल, बल बहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख भीम बहादुर रावलले बताउनुभयो ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, भीम रावल कालोटोपी, दिपक अधिकारी, भीम जनला, कृष्ण साउँद, लिलाराज केसी र टोप बहादुर शाहीको नाम सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव भीम बहादुर रावलले बताउनु भयो ।
प्रतिनिधि सभाको सदस्यको नाम आज बेलुकासम्म टुङ्गो लगाइने उहाँको भनाइ छ ।
अछामका दलहरू यतिबेला उम्मेदवार सिफारिसमा लागिरहेका छन् । यसअघि एकीकृत समाजवादी, नेपाली कांग्रेस र राप्रपाले उम्मेदवार सिफारिस गरिसकेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले अछाम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्