आगामी निर्वाचनमा एमालेले ५६ लाख मत ल्याउछ: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले ५६ लाख मत ल्याउने विश्वास गरेका छन् । केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकारसँग अन्तरक्रिर्यामा बोल्दै उनले एमालेले हरेक पार्टी सदस्यहरुलाई दुई मत वृद्धि र ५ मत संरक्षण गर्ने अभियान चलाएको बताए ।
पोखरेलले पार्टीका ८ लाख सदस्यहरुले १६ लाख नयाँ मतमा वृद्धि र ४० लाख मतको सुरक्षित गर्ने आशा राख्दै ५६ लाख मतसहित एमालेले मुलुकको नेतृत्व गर्ने बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने दाबी गरे ।
“हामिले आफूलाई मतको स्थितीमा पुराउनको निम्ति एउटा महत्वपूर्ण अभियान सुरु गरेका छौं । हरेक पार्टी सदस्यलाई २ मत वृद्धि गर्ने र ५ मत संरक्षण गर्ने । यो अभियनको नेतृत्वको गर्नको लागि हामिले पार्टीका सदस्यहरुलाई निर्देशन दिएका छौं । ८ लाख सदस्यहरुले यो अभियानमा भूमीका खेलेर १६ लाख मतमा वृद्धि गर्नुहुनेछ र ४० लाख मतको सुरक्षित गर्नुहुनेछ । यो हिसाबले भन्ने हो भने, ५६ लाख मत प्राप्त गर्न सक्दा यो मुलुकको नेतृत्व गर्न सक्ने बलियो राष्ट्रिय शक्तिको रुपमा चुनावको माध्यमबाट स्थापित गर्न सक्छौं ।”
महासचिव पोखरेलले आगामी निर्वाचनमा आफ्नो नीतिको आधारमा जनतामा जाने बताउँदै एमालेले कुनै गठबन्धन नगर्ने स्पष्ट पारे । मुुलुकको विकास र समृद्धको नेतृत्व गर्ने क्षमता एमालेसँग मात्रै रहेको उनको भनाई छ । उनले मुलकमा नेपाली कांग्रेसको नेतृत्व यथास्थितीमात्रै रहेको आरोप लगाउँदै देशको परिवर्तनकारी नेतृत्व गर्न एमाले सक्षम रहेको दाबी गरे ।।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्