एकीकृत समाजवादीका अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश
काठमाडौं । आम निर्वाचन घोषणासँगै विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरूको लहर नै चल्न थालेको छ । दिनहुँ पार्टी प्रवेश कार्यक्रम भइरहेका छन् ।
शनिवार काठमाडौंको चावहिलमा नेकपा एकीकृत समाजवादीका २० जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई पार्टीका महासचिव शंकर पोखरेल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल र स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले स्वागत गर्नुभएको थियो ।
एमालेमा प्रवेश गर्नेहरूमा एकीकृत समाजवादी जिल्ला कमिटी सचिवालय सदस्य निर्मला पुडासैनी, क्षेत्रीय कमिटीका उपसचिव सन्तोष तिमल्सिना, क्षेत्रीय कमिटी सदस्य चित्रकुमार अधिकारी, कामनपा–७ का वडा कमिटी अध्यक्ष आशिष श्रेष्ठ, सचिव मुकुन्द अधिकारी, उपसचिव अरुण पोखरेल, उपसचिव रमला नेपाल, सदस्यहरू संगीता नेपाल, अमित श्रेष्ठ, सरिता ढकाल भण्डारी, प्रज्ञा खनाल, मधु पोखरेल, सरिता श्रेष्ठ र मनोज कुमार थापा हुनुहुन्छ ।
त्यसैगरी मैजुबहाल, कुमारीगाल र गौरीनगर टोल कमिटीका अध्यक्ष दीपक नेपाल, उपसचिव निशा भट्टराई, उपसचिव शुभेच्छा अधिकारी, सदस्य कृष्णप्रसाद घिमिरे, सदस्य सुदर्शन मैनाली र तारामान नापित पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
यसैगरी,माओवादी केन्द्रका पूर्व केन्द्रीय सल्लाहकार फणिन्द्र सैंजु, साहित्यकार एवं साँस्कृतिक क्षेत्रका केन्द्रीय सचिवालय सदस्य ईन्द्र कुमार श्रेष्ठ र देव राई पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
उहाँहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा देश बनाउने र जनताको हितमा काम गर्ने पार्टी एमालेलाई रोज्नुपर्छ भन्ने सन्देश लिएर जनताको घरदैलोमा जानुपर्ने वताउनुभयो ।
निर्वाचनमा जनतासामु जाँदा पार्टीले आफ्नो नीति लिएर जाने हो, गठबन्धन बनाएर जाने भनेको भद्दा मजाक हो भन्नुहुँदै महासचिव पोखरेलले गठबन्धनमा रहेका दलहरूमा विशुद्ध स्वार्थबाहेक लक्ष्य, उद्देश्य, गन्तव्य केही नभएको वताउनुभयो ।
महासचिव पोखरेलले नागरिकता विधेयकका सम्बन्धमा चर्चा गर्दै भारतमा नेपाली चेलीले विहे गरेर जाँदा नागरिकता पाउनका लागि सातबर्ष कुर्नुपर्ने व्यवस्था रहेको तर नेपालमा भारत भन्दा उदार हुनुुपर्ने कारण के हो ? गठबन्धन दलहरूले जवाफ दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले प्रश्न गर्नुभयो– ‘के यिनीहरू भारतमा विहे गरेर जाने नेपाली चेलाका बारेमा बोल्न सक्छन् ?’
वर्तमान गठबन्धन सरकारले आर्थिक रूपमा देशलार्ई ओरालो दिशामा लगिरहेकाले यस विषयमा जनता पनि मौन बस्न नहुने वताउँदै सरकारले गरेका बेथिति र कुशासनविरूद्ध र देशको रक्षाका लागि जनता जाग्नुपर्छ भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #एकीकृत समाजवादीका अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्