भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुदैन्: पुष्पकमल दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन नसक्ने बताएका छन् । उनले राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृृतिको महत्वपूर्ण योगदान रहने जिकिर गरे
राष्ट्रलाई समृद्ध बनाउको निम्ति संस्कृति, कला, पत्रकारिता साथै विभिन्न क्षेत्रमा कार्यरत सबै स्रष्टाहरुको निकै ठूलो भुमीका छ । किनकी भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन सक्दैन् ।
काठमाडौंमा आयोजित एनइए अवार्ड–२०७९ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको विकास नेपाली मोडेलमा हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली इतिहास, भुगोल, संस्कृति र जातिय बनोट अनुसार नै नेपाली मोडेलमा विकास गर्नुपर्ने तर्क राखे ।
नेपालको विकास नेपाली मोडेल अनुसार हुनुपर्दछ । हाम्रो इतिहास, हाम्रो भुगोल, हाम्रो संस्कृति, हाम्रो जातिय बनोट अनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामिले गर्नुपर्दछ ।
अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गरेको बताउँदै जनताले चाहे अनुसारको विकास गर्नकै आफू फेरी एकपटक समर्पित हुने संकल्प गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्