समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरौँ : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलुक श्रीलङ्काको बाटोमा जाने बताउनुभएको छ ।
राष्ट्रिय जन सांस्कृतिक महासङ्घले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चित शून्य अवस्थामा पुग्ने र मूलक श्रीलङ्काको बाटोमा जाने बताउनुभयो ।
मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रूपमा असफल भएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको स्पष्ट पार्नुभयो ।
उहाले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गर्नुभयो ।
पोखरेलले समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिनुभयो ।
एमाले नेताहरू भानुभक्त ढकाल रघुजी पन्त, खगेन्द्र राईलगायतले समसामयिक राजनीतिक अवस्था र सांस्कृतिक समृद्धिसम्बन्धीमा प्रशिक्षण दिनुभएको थियो ।
महासङ्घका कार्यबहाक अध्यक्ष भूमिका सुब्बाले सङ्गठनले वैचारिक र सांस्कृतिक चेतलाई थप स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्