राष्ट्र र राष्ट्रियताप्रति दृढरूपमा उभिने एमाले बाहेक अर्को शक्ति छैन् : शंकर पोखरेल
बर्दिया । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताप्रति दृढरूपमा उभिने एमाले बाहेक अर्को राजनीतिक शक्ति नभएको बताउनुभएको छ ।
उहाँले राष्ट्रिय स्वाधीनताको पक्षमा एमालेले लिएको अडान र निर्णय आम नेपालीले सदा स्मरण गरिरहने बताउनुभयो ।
उहाँले एमालेप्रति देखिएको देशव्यापी आकर्षणले सत्ता गठबन्धन दिन प्रतिदिन कमजोर भइरहेको बताउनुभयो ।
बर्दियाको राजापुरमा मङ्गलबार आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षणमा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन केवल सत्ताका लागि मात्रै भएकाले आगामी निर्वाचनमा जनताले यो गठबन्धनलाई स्वीकार नगर्ने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले विगतमा एमाले नेतृत्वको संघ र प्रदेश सरकारले जनतामा परिवर्तन देखिने गरी काम गरेका कारण जनतामा एमालेप्रति आकर्षण देखिएको बताउनुभयो ।
उहाँले गठबन्धन देश र जनताका लागि नभई नेताहरूको व्यवस्थापनमा केन्द्रित भएको चर्चा गर्नुभयो ।
सो कार्यक्रममा बर्दियाको राजापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख शिवप्रसाद थारू र मधुवन नगरपालिकाका निवर्तमान उपप्रमुख शुभरानी थारूलाई महासचिव पोखरेलले एमालेमा स्वागत गर्नुुभयो ।
उहाँहरू दुवै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
त्यसैगरी माओवादी केन्द्रकै लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ती चौधरी, सुरेश भुल, रामबहादुर थारू एमालेमा प्रवेश गर्नुभएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाबाट जिल्ला कमिटी र नगर कमिटीमा रहेका राजापुर, मधुवन र ठाकुरबाबा नगरपालिकाबाट नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्