‘एमालेलाई राष्ट्रिय राजनीतिको मियो बनाइने छ: केपी ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताउनुभएको छ ।
पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गर्नुभयो ।
यस पटक दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको चर्चा गर्दै अध्यक्षले अर्कालाई जिताएर आफै अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो’ अध्यक्षले भन्नुभयो ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’
सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।
उहाँले आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको वताउँदै आगामी दिनमा गल्ती नदोर्याउन र पार्टीले जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले २०६४ सालको निर्वाचनको दृष्टान्त दमकका नेता कार्यकर्तालाई सम्झाउनु भयो । त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको भनाइ थियो ।
त्योे प्रवृत्ति स्थानीय निर्वाचनमा देखिएको र बेठीक भएको बताउँदै अध्यक्षले भन्नुभयो– ‘गल्ती कहिले कहिले हुन्छ तर पटक पटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्