श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल छ: ‘प्रचण्ड’
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको छ । गाउँपालिकाको अध्यक्षमा जित्नका लागि रु १० करोड बराबरको खर्च भएको विवरण सार्वजनिक भएको सन्दर्भ जोड्दै उहाँले सङ्घीय निर्वाचन जित्नका लागि अर्ब बराबरको खर्च हुने अवस्था देखिएको उहाँको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन प्रणाली र शासकीय प्रणालीका कारण भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको भए पनि त्यसविरुद्ध केही तत्वले जेहाद छेडेको र सङ्घीयता विरुद्ध उभिने धृष्टता गरेको देखिएको उहाँले बताउनुभयो । धेरै पैसा खर्च सकेन भने वा अनेकन तिकडम नगरे निर्वाचन जित्न नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष दाहालको भनाइ छ ।
उहाँले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । उहाँले गठबन्धनभित्र पनि साझा मत बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले जनतासँग जोडिएर विगतमा गरिएका राम्रा काम र वर्तमान सरकारमा रहेर गरेका जनपक्षीय कामबारे जानकारी गराउन पार्टीका सबै नेता तथा कार्यकर्ता प्रतिबद्ध भएर लाग्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो ।
शिक्षा, स्वास्थ्य रोजगारी, विद्युतीकरणका सन्दर्भमा गरिएका प्रयास माओवादीकै योजनामा अगाडि बढेको जानकारी दिँदै उहाँले त्यसका बारेमा जनतालाई जानकारी गराउन आग्रह गर्नुभयो । विचार, आर्दश र योजनाका साथ आगामी सङ्घर्षमा जीत हासिल गर्नुपर्ने उहाँको भनाइ छ । विचार क्रान्तिकारी भएर मात्रै नहुने स्पष्ट पार्दै उहाँले सोही आधारमा सङ्गठन र जीवन व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले प्राप्त भएको परिवर्तनको रक्षा गर्दै थप उपलब्धीका लागि अगाडि बढ्न सक्छाँै वा सक्दैनौँ भन्ने विषय नै आजको प्रमुख आवश्यकता रहेको धारणा राख्नुभयो । कम्युनिष्ट आन्दोलन र आफ्नै पार्टीभित्र पनि विभिन्न खालका विचलन देखा परेको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध निरन्तर लड्नुपर्नेमा अध्यक्ष प्रचण्डलेजोड दिनुभयो ।
विगतमा क्रान्तिकारी बन्ने प्रतिस्पर्धा हुने गरेको तथ्य पेश गर्दै उहाँले यतिबेला चरम व्यक्तिवाद हाबी हुन थालेको र त्यसविरुद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । सरलता, पारदर्शिता र निष्ठाको हिसाबले कर्माचार्य जीवन पर्यन्त क्रान्ति र पार्टीप्रति निष्ठाबान रहेको उहाँले स्मरण गर्नुभयो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले विचार, सिद्धान्त र दृष्टिकोणका आधारमा संस्थापक नेता कर्माचार्यले अबलम्बन गर्नुभएको आदर्शलाई पछ्याउनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल कम्युनिस्ट पार्टी, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्