सरकारले देश र जनताका पक्षमा काम गर्न सकेन : काङ्ग्रेस उपसभापति निधि
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले देश र जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
नेपाली काङ्ग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उहाँले सरकारले जनहितका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।
नेता निधिले हत्या, हिंसा, बलात्कार र महङ्गी बढ्दा पनि सरकार मौन बसेको आरोप लगाउँदै काङ्ग्रेसले रचनात्मक सक्रिय र सशक्तरुपमा प्रतिपक्षका भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।
काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको जिकिर गर्दै उहाँले आसन्न महासमितिको बैठकपछि काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।
नेपाली काङ्गेसका नेता गगन थापाले काङ्ग्रेस पार्टीभित्र कठोरता र क्रुरतापूर्वक छलफल र चिन्तन गरी काङ्ग्रेस विगतमुखी मात्र नभएर एकजुट भएर नयाँ बाटो अवलम्बन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर निर्वाचन क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमलीलगायतले काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका भक्तपुरका पूर्वअगुवालाई सम्मान गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्