मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक-क्रान्तिकारी माओवादी
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
मङ्सिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको बैठकले गरेको निर्णय आज बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । बैठकले हत्या, हिंसा, बलात्कार, आदिवासी जनजाति, उत्पीडित वग, सीमा अतिक्रमणलगायतका विषयलाई लिएर देशव्यापीरुपमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको छ । सन् १९५० लगायतका असमान सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले साझा मुद्दामा विभिन्न राजनीतिक शक्ति तथा पक्षसँग मिलेर संयुक्त सङ्घर्षका कायक्रम गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताउनुभयो । मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको भन्दै उहाँले तत्काल नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको पार्टीसँग भने एकता नहुने बताउनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #क्रान्तिकारी माओवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्