निश्चित पेशा व्यावसायमा चर्चित हुनु राजनीतिका लागि स्वत योग्य हुनु होइन: नेता पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आएको विषयमा आफ्नो धारणा राखेका छन् ।
महासचिव पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिका लागि योग्न नहुने टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन् । पोखरेलले लामिछाने प्रति लक्षित गर्दै लेखेका छन्, ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन ।’
पोखरेलले राजनीतिमा सफल हुन त्यसैमा त्याग र समर्पण आवश्यक रहेको स्पष्ट पारेका छन् ।
मंगलबार रविले नयाँ राजनीतिक दलको घोषणा गरेका थिए । उनले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी नाम राखेका छन् । तर स्वतन्त्र दलको दर्ताका लागि दिइएको निवेदन खारेजीको माग गर्दै वुधबार निर्वाचन आयोगमा उजुरी परेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्