कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज पनि मौका
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ ।
पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारीक उम्मेदवारको पक्षमा लागेमा कारबाही हुने छैन । यद्यपि कानूनी रुपमा भने अब उम्मेदवारी फिर्ता लिन मिल्दैन् ।
भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकासहित कतिपय स्थानीय तहमा कांग्रेसका असन्तुष्ट उम्मेदवारले अझै आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
‘वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गरी पार्टीका आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धता सहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ पुनर्विचार गर्न सक्ने सम्बन्धित सबैलाई निर्देशनाअनुसार जानकारी गराइन्छ’, १९ वैशाखमा जारी विज्ञप्तिमा भनिएको थियो ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्