कुन उम्मेदवारले कति सवारीसाधन प्रयोग गर्न पाउँछन् ?
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरुका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्र निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्।
जस अनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले बढीमा दुई वटा दुई पाङग्रे वा तीनपाङग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा दुई पाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउनेछन् ।
आयोगको कार्यविधिअनुसार सवारीसाधन प्रयोगका लागि उम्मेदवारले निर्वाचन अधिकृतलाई निवदेन दिनुपर्ने छ । आयोगले जारी गरेको निर्देशिका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित संख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्ने अनुमतिपत्र जारी गर्नुपर्न जनाइएको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्