टोखा नगरपालिकामा गठबन्धनबाट जेगप्रसाद नेपाल उपमेयरको उम्मेदवार
काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि टोखा नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जेगप्रसाद नेपाल उपमेयरको उम्मेदवार बनेका छन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चुनाव जितेर लामो समय टोखा नगरपालिका– ८ मा वडाध्यक्ष भएका नेपाल बिचमा एमालबाट फुटेर हाल एकीकृत समाजवादी पार्टी बनेपछि उनी एकीकृत समाजवादीमा सामेल भएका हुन् ।
सोहीअन्तर्गत नेता नेपाल गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार बनेका छन् । नेककपा एकीकृत समाजवादी टोखा नगर कमिटीका संयोजक समेत रहेका नेपालले आफू टोखा नगरपालिका– ८ को वडाध्यक्ष हुँदा गरेका धेरै विकास निर्माणका कामले जनाताको मन जितेको समेत बताए ।
त्यसैले पनि सिंगो नगरपालिकाकै उपमयरमा चुनाव जितेर थप विकास गर्ने उनले बताए । ८ वडामा आफूले गरेका विकास निर्माणकै आधारमा जनताको मत पाएर चुनाव जित्ने नेता नेपालले दाबी गरे ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्