गठबन्धन दलबीच चुलियो असन्तुष्टि
काठमाडौं । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर उम्मेदवारी टुंगो लागेपछि भने असन्तुष्टि चुलिएको छ ।
असन्तुष्टि जनाउनेमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
तीनै दलले तालमेलमा न्यूनीकरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले बढी स्थानीय लिएको तीन दलका नेताहरूको आरोप छ ।
जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपालाई तालमेलमा पूरै न्यूनीकरण गरेको भन्दै त्यस्तो प्रवृत्ति आपत्तिजनक भएको बताएका छन् । उनले यसबारे बेलैमा ध्यान पुर्याउन गठबन्धनका अन्य नेताहरूलाई सचेत पनि गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले शनिबार राति लेखेका छन्, ‘प्रतिगमनविरोधी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको, पाँच दलीय गठबन्धन र संयुक्त सरकार निर्माण निम्ति पार्टीको फुटको समेत जोखिम उठाएको, एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ । बेलैमा ध्यान पुगोस् ।’
मधेस प्रदेश, लुम्बिनी प्रदेशसहित बाग्मती प्रदेश र प्रदेश १ लगायत केही प्रदेशको तराई क्षेत्रमा मात्र जसपाले निर्वाचनमा तालमेल गर्दा बढी स्थानीय तह पाएका छन् ।
पहाडी र हिमाली जिल्लामा शून्य जस्तै छ ।
एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले नै तालमेलबारे घरिघरी असन्तुष्टि जनाउँदै आएका छन् ।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त बिहीबार नै विज्ञप्ति जारी गरेर एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्