१५ वर्ष पिरिएडको काम चार वर्षमै पूरा गरेका वडाध्यक्ष विष्ट
काठमाडौं । काठमाडौं महानगरपालिका– ४ का वडाध्यक्ष मोहन विष्टले १५ वर्ष पिरिएडको काम चार वर्षमै पूरा गरेका छन् । उनले उक्त वडामा अध्यक्षमा निर्वाचित भएको झण्डै पाँच वर्षको अवधीमा आफूले वाचा गरेको काम लगभग पूरा गरेको बताए ।
अध्यक्ष विष्टले भौतिक पूर्वाधारका क्रममा वडावासीलाई दिएको वाचा अनुसार १५ वर्ष पिरिएडको काम लगभग चार वर्षमै पूरा गरेको बताए । महानगरपालिकाको नीतिलाई अवलम्बन गर्दै ‘एण्ड द सीटी, रेण्ड द सीटी’ भन्ने सन्धर्वलाई परिपालना गरेर मुख्य चिल्ला सडकहरुसँग जोडिएका उक्त वडाका शाखा बाटोहरुलाई ढलान, पिज, ब्लक छाप्नेलगायतका काम गरेर उत्कृष्ट वडा बनाएको उनले बताए ।
साथै, ४ नम्बर वडामा कब्जा गरिएका ७२ रोपनी सार्वजनिक जग्गा ९ जनाको समिति गठन गरेर वडाको माताहातमा ल्याउन सफल भएको वडाध्यक्ष विष्टले जानकारी दिए । त्यस कार्यमा सम्पूर्ण वडावासीहरुको पनि साथ, सहयोग मिलेको उनले बताए ।
कब्जा गरिएका ७२ रोपनी जग्गा वडाको माताहातमा ल्याएपछि सोही जग्गामा महानगरपालिका, केन्द्र र प्रदेशलाई अनुरोध गरेर बजेट प्राप्त भएपछि बनिसकेका, बनेका र पाइपलाइन गरि करिब १४ वटा बायोडाटा रहेको उनको भनाइ छ । सो कार्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको पनि सहयोग रहेको वडाध्यक्ष विष्टले बताए ।
रिस्क मोल्नुपर्ने सो कब्जा गरिएका जग्गा वडाको दायरामा ल्याउने क्रममा धेरै बाधा खेप्नुपरेको उनले सुनाए । तर पनि विभिन्न कानूनी प्रक्रिया मिलाएर अघि बढेको उनको भनाइ छ । सो वडामा अझै अन्य कब्जा गरिएका सार्वजनिक बाँकी जग्गा रहेकाले त्यसलाई पनि वडाको दायरामा ल्याउन आफू लागिपर्ने वडाध्यक्ष विष्टले बताए ।
त्यसैगरी सो ४ नम्बर वडामा विभिन्न खेलकुदका कार्यक्रम, महिलाहरुका हितको लागि महिला रोजगार कार्यक्रमको आयोजना पनि गरिएको उनले बताए । उच्चस्तरीय शिक्षाको सन्धर्वमा पहलकदमी गरेर त्यहाँ रहेका विभिन्न ३१ वटा विद्यालयहरुको स्तारोन्नतीमा आफू लागिपरेको वडाध्यक्ष विष्टले बताए ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्