१५ वर्ष पिरिएडको काम चार वर्षमै पूरा गरेका वडाध्यक्ष विष्ट
काठमाडौं । काठमाडौं महानगरपालिका– ४ का वडाध्यक्ष मोहन विष्टले १५ वर्ष पिरिएडको काम चार वर्षमै पूरा गरेका छन् । उनले उक्त वडामा अध्यक्षमा निर्वाचित भएको झण्डै पाँच वर्षको अवधीमा आफूले वाचा गरेको काम लगभग पूरा गरेको बताए ।
अध्यक्ष विष्टले भौतिक पूर्वाधारका क्रममा वडावासीलाई दिएको वाचा अनुसार १५ वर्ष पिरिएडको काम लगभग चार वर्षमै पूरा गरेको बताए । महानगरपालिकाको नीतिलाई अवलम्बन गर्दै ‘एण्ड द सीटी, रेण्ड द सीटी’ भन्ने सन्धर्वलाई परिपालना गरेर मुख्य चिल्ला सडकहरुसँग जोडिएका उक्त वडाका शाखा बाटोहरुलाई ढलान, पिज, ब्लक छाप्नेलगायतका काम गरेर उत्कृष्ट वडा बनाएको उनले बताए ।
साथै, ४ नम्बर वडामा कब्जा गरिएका ७२ रोपनी सार्वजनिक जग्गा ९ जनाको समिति गठन गरेर वडाको माताहातमा ल्याउन सफल भएको वडाध्यक्ष विष्टले जानकारी दिए । त्यस कार्यमा सम्पूर्ण वडावासीहरुको पनि साथ, सहयोग मिलेको उनले बताए ।
कब्जा गरिएका ७२ रोपनी जग्गा वडाको माताहातमा ल्याएपछि सोही जग्गामा महानगरपालिका, केन्द्र र प्रदेशलाई अनुरोध गरेर बजेट प्राप्त भएपछि बनिसकेका, बनेका र पाइपलाइन गरि करिब १४ वटा बायोडाटा रहेको उनको भनाइ छ । सो कार्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको पनि सहयोग रहेको वडाध्यक्ष विष्टले बताए ।
रिस्क मोल्नुपर्ने सो कब्जा गरिएका जग्गा वडाको दायरामा ल्याउने क्रममा धेरै बाधा खेप्नुपरेको उनले सुनाए । तर पनि विभिन्न कानूनी प्रक्रिया मिलाएर अघि बढेको उनको भनाइ छ । सो वडामा अझै अन्य कब्जा गरिएका सार्वजनिक बाँकी जग्गा रहेकाले त्यसलाई पनि वडाको दायरामा ल्याउन आफू लागिपर्ने वडाध्यक्ष विष्टले बताए ।
त्यसैगरी सो ४ नम्बर वडामा विभिन्न खेलकुदका कार्यक्रम, महिलाहरुका हितको लागि महिला रोजगार कार्यक्रमको आयोजना पनि गरिएको उनले बताए । उच्चस्तरीय शिक्षाको सन्धर्वमा पहलकदमी गरेर त्यहाँ रहेका विभिन्न ३१ वटा विद्यालयहरुको स्तारोन्नतीमा आफू लागिपरेको वडाध्यक्ष विष्टले बताए ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्