एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश
काठमाडौं, १९ पुस । पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मै फर्किएका छन् ।
एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए । झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए ।
उनी २०७० मा माले समाजवादीका सह–अध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #यदुवंश झा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्