कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक भोलि बस्ने
९ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व आएपछिको पहिलो केन्द्रीय समिति बैठक भोलिका लागि बोलाइएको छ ।
भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक आह्वान भएको कांग्रेस पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकअघि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र दिइनेछ ।
भोलि बिहान ११ बजे प्रमाणपत्र वितरणको समय तय भएको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताउनुभयो । गएको मङिसर २४ देखि २८ गतेसम्म काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भएको थियो ।
महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना निर्वाचित भएका छन् । सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेसको केन्द्रीय समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्