काँग्रेसमा सर्वाधिक मत प्राप्त गर्ने को हुन् मुक्ताकुमारी यादव ?
काठमाडौँ, ६ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले १३ पदाधिकारीसहित ८८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।
जसमध्ये रमेश रिजाल र आनन्द ढुंगाना निर्विरोध चयन भएका हुन् भने बाँकी सबै निर्वाचनबाट विजयी बनेका हुन् ।
यस महाधिवेशनमा मुक्ताकुमारी यादव सबैभन्दा धेरै मत प्राप्त गरेर मधेसी महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । १२ र औँ र १३ औँ महाधिवेशनमा पराजित उनी यसपटक सर्वाधिक मत प्राप्त गर्न सफल बनिन् ।
महिला मधेसीतर्फ चार केन्द्रीय सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा थिए ।
यादवले ३९६० मत पाएकी छन् । यसअघि खुला ३५ तर्फ केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ३८३६ मत ल्याएका थिए । तर यादवले कोइरालाको भन्दा १२४ मत बढी ल्याएकी हुन् ।
शशांक कोइरालाभन्दा अधिक मत ल्याउने को हुन् यादव ?
२०३४ भदौ १३ गते महोत्तरीमा जन्मिएकी यादव वि. सं. २०५३ देखि निरन्तर राजनीतिमा सक्रिय छिन् ।
यसअघि यादव दोस्रो संविधान सभामा समानुपातिक सांसद थिइन् भने अहिले राष्ट्रिय सभा सदस्य छिन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #मुक्ताकुमारी यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्