काठमाण्डौ ४ का दुई नेताको राजनीतिक छलाङ्ग ,संघीय निर्वाचनको चर्चा र चासो
काठमाण्डौ क्षेत्र नं ४ का दुई नेताहरु गगन कुमार थापा र डा.राजन भट्टराई २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी रहेका थिए। त्यस समय थापा र डा.भट्टराई आफ्नो पार्टीका केन्द्रीय सदस्य रहेका थिए।
२०७४ सालको निर्वाचन पछी सरकारको कटु आलोचना गर्दै नेपाली कांग्रेसको मुखर आवाज बनेका थापा महामन्त्रीमा लोकप्रिय मत सहित विजयी बनेका छन भने सरकारले गरेका अत्यन्त दुरगामी रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्वका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारी र कुशल समन्वय गरेका डा. राजन भट्टराई नेकपा एमालेको स्थायी कमिटी सदस्य बनेका छन।
पार्टी जिवनमा उपल्लो राजनीतिक जिम्मेवारी पाएका यी दुई नेताहरु अव निर्वाचन क्षेत्रमा पनि निकै केन्द्रीत बन्दै आएका छन। काठमाण्डौ क्षेत्र नं ४ का १२ वटै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै आगामी स्थानीय तहको निर्वाचन तयारीको स्पस्ट संकेत दिएका उनीहरुले क्षेत्रमा भने फरक राजनीतिक चुनौतीको सामना गरिरहेका छन।
संघीय र एक प्रदेस सभा सदस्य जितेको नेपाली कांग्रेसले क्षेत्रका १२ मध्ये २ वटा मात्र वडामा जितेको छ भने १० वडा र एक प्रदेस सभा जितेको नेकपा एमालेले संघीय सांसद गुमाएको छ।
आगामी स्थानीय निर्वाचन जसरि पनि जित्नु पर्छ भनेर अभियान संचालन गरेका थापा र स्थानीय तहमा प्राप्त गरेको सानदार जित कायम राखेर संघीय निर्वाचन क्षेत्र जित्ने योजना बनाएका डा.भट्टराईको प्रभावशाली राजनीतिक उदयले पुन काठमाण्डौ क्षेत्र नं ४ चर्चा र चासोको केन्द्रमा देखिएको छ।
नेपाली राजनीतिको उचाइमा पुगेका दुई नेता विच १० वडा ,दुई प्रदेस क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा बर्चस्व जमाउन गरिने प्रयास र प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #काठमाण्डौ ४, #गगन कुमार थापा र डा.राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्