एमालेले महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने
नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशनमा माधवकुमार नेपाल नेतृत्व नेकपा (एकिकृत माजबादी) लाई नबोलाउने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एमालेले प्रमुख राजनीतिक दललाई महाधिवेशनमा बोलाउने तर नेकपा एकिकृत समाजबादीलाई भने नबोलाउने जनाएको छ ।
माधव नेपालको पार्टी अवैध भएको भन्दै नबोलाउने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भने ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’
उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए । एमालेमै रहने निर्णय गर्नुअघि उनी एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा थिए ।
नेपालले १ भदौमा नेकपा (एमाले) विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका थिए । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमालेले महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्