एमालेको कात्तिक ९ गते स्थानीय तहका अधिवेशनबाट यस्ता बन्नेछ वडा र पालिका कमिटी
काठमाडौं । एमालेको कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ ।
कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने छ । वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् । डा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् ।
त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुनेछन् ।
वडा कमिटी अधिवेशनहरुको निर्वाचन विधि लगायतका अन्य विषयमा तत्कालै सर्कुलर पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताए । वडा र स्थानीय तहका अधिकतम अधिवेशनस्थललाई जुममा जोडेर अध्यक्ष ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी एमालेको छ ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि पठाउँदै संख्याको पनि टुंगो लगाइएको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : ##एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्