पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्छः नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताउनुभएको हो । आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने उहाँले भन्नुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले गणेशमान सिंहले गरेको त्याग प्रकाशमान सिंहले गर्नुपर्छ भन्ने नरहेको भन्दै आफू पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभयो ।
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उहाँहरुले पार्टीमा अभिभावकत्व गर्नुपर्ने उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “पार्टीलाई भरोसायोग्य बनाएर सबै कम्युनिष्ट एक भए पनि लड्न सक्ने गरी सङ्गठन निर्माणमा हामी लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेता थापाले थोरै समयमा कांग्रेसलाई शुद्ध र सुढृढ बनाउन लाग्नुपर्ने बताउँदै नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबी गर्नुभयो ।
नेता थापाले मुलुकलाई कम्युनिष्टको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कांग्रेस काठमाडौँको महाधिवेशनलाई देशभरले चासोका साथ हेरेको भन्दै सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीलगायतले अधिवेशनको शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्