एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठकद्धारा ११ नगरपालिकामा अध्यक्ष चयन
नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा भएको सो बैठकले काठमाण्डौ जिल्लाका ११ नगरपालिकामा अध्यक्ष चयन गरेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तीमा रहेको ड्रिम हाउस इन्टरनेसनलमा भएको सो बैठकले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा आएका ६ जनालाई जिल्ला सदस्यमा मनोनयन पनि गरेको छ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ,केन्द्रीय सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,केन्द्रीय सदस्य तथा सह इन्चार्ज रामेश्वर फुयाल,नारायण सिलवाल ,केन्द्रीय सदस्य केशव स्थापित ,बागमती प्रदेस कमिटीका सचिव खेम लोहनी लगायतको उपस्थितिमा भएको सो बैठकले पार्टीको विधान अधिवेशनका लागि प्रस्तावित विधानलाई वडा तह सम्म छलफलमा लैजाने निर्णय पनि गरेको छ।
त्यस्तै एक हप्ता भित्र काठमाण्डौका ११ वटै नगर कमिटीको बैठक र सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको बैठकले असोज ३ गते हुने वडा र असोज ९ गते हुने नगर अधिवेशनको तयारीका लागि सबै स्थानीय कमिटीहरुलाई निर्देशन समेत दिएको छ।
कुन नगरपालिकामा को बने नगर कमिटी अध्यक्ष ?
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा ४८ सदस्यीय सचिवालय चयन बैठकले गरेको नगर कमिटी अध्यक्षहरु चयनको निर्णयलाई अनुमोदन गरेको छ।
१. काठमाण्डौ महानगरपालिका – निर्मल देउला
२. शंखरापुर नगरपालिका – राम कुमार तिवारी
३. कागेश्वरी मनोहरा नगरपालिका – ज्योतिराम फुयाल
४. गोकर्णेश्वर नगरपालिका – उद्दव बिस्ट
५. बुढानिलकण्ठ नगरपालिका – प्रदिप डंगोल
६. टोखा नगरपालिका – सत्यनारायण डंगोल
७. तारकेश्वर नगरपालिका – बसु गौतम
८.चन्द्रागिरी नगरपालिका – राजु श्रेष्ठ
९. किर्तिपुर नगरपालिका – राधाकृष्ण बस्नेत
१०. दक्षिणकाली नगरपालिका – राम लो
११. नागार्जुन नगरपालिका – नन्दनहरी गौतम
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाण्डौ जिल्ला कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्