एमाले काठमाडौ क्षेत्र नं ६ को बैठक , यस्ता छन निर्णयहरु
पुकार तिमलसिना
काठमाडौ । नेकपा एमाले काठमाडौ क्षेत्र नं ६ को बैठक सम्पन्न भएको छ ।
शनिबार काठमाडौको गोगंबुमा बसेको बैठकले , पार्टी सदस्य बिस्तार /नवीकरण , शाखा कमिटिहरुको बैठक , बिभिन्न जनसंगठनहरुको गठन / पूर्नगठन, तिब्र
स्थानिय बिकाश लगायतका बिषयहरुमा छलफल भएको एमाले नेता तथा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए ।
मेयर अधिकारीका अनुसार पार्टीको सदस्यता नवीकरण गरि पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गराउने , पार्टीका वडा स्तरका र पालिका स्तरका अधिवेशनहरू यथासिघ्र गर्ने निर्णय गरेको छ ।
साथै तिब्र स्थानिय बिकाशका लागी बिभिन्न योजनाका साथ पार्टी क्रियाशील बनाउने समेत निर्णय भएको छ ।
काठमाडौं क्षेत्र नं ६ कमिटिका अध्यक्ष बिश्वनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा टोखाका मेयर प्रकाश अधिकारी , तारकेश्वरका मेयर रामेश्वर बोहोरा , नेता लेखनाथ फँुयाल ,महानगर कमिटिका अध्यक्ष निर्मल देउला , नेता मधुसुदन तण्डुकार , तिलक देउला लगायतका नेताहरुको उपस्थीत रहेको थियो ।
नेकपा एमाले काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रमा साउन २ गते सनिवार एकै दिन क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएका छन। असार ३० गते बसेको नेकपा एमाले काठमाण्डौ जिल्ला सचिवालय बैठकको निर्णय अनुसार सबै निर्वाचन क्षेत्रमा बैठक बसेका हुन ।।


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौ क्षेत्र नं ६
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्