राष्ट्रिय युवा संघले हजारौंको संख्यामा भ्याक्सिन भोलेन्टियर खटाउने
जेठ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलेन्टियर परिचालन गर्ने बताएका छन् ।
संघको गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत व्यक्त गरेका छन् ।
सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभावकारी बनाउन टोल–टोल तहसम्म हजारौं स्वयमसेवक परिचालन गरिने उनको भनाइ छ । नेपालमा कोभिड–१९ को दोस्रो लहरको संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौं नेता कार्यकर्ता परिचालित रहेको दाबी पनि उनले गरेका छन् ।
कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पीपीई, मास्क, ग्लोभ्सलगायत रू १० लाख रकम बराबरको सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #युवा संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्