क्याबिनेट गठनकै दिनदेखि प्रचण्डले असहयोग गरे : नेता गौतम
नेकपाका नेता राजेन्द्र गौतमले नियुक्त भएकै दिनदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रचण्ड लागिरहेको दावी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले माओवादी समूहबाट मन्त्री हुनेको नाम माग्दा नदिएको प्रसंग राख्दै गौतमले सकेसम्म कांग्रेसको सहायतामा आफै सरकारमा जान प्रचण्ड लालायित भएको बताउनुभयो ।
‘नियुक्त भएकै दिनदेखि प्रचण्डले ओलीलाई असहयोग गरेका हुन् । आफूलाई कांग्रेसले मिलेर सरकारमा जाऔं भनेको भन्दै उनले मन्त्रीको नाम दिन आलटाल गरेका थिए । पछि कुरा मिलेको हो, प्रेस संगठन नेपालको लुम्बिनी प्रदेश भेलामा बोल्दै नेता गौतमले खुलासा गर्नुभयो ।
उहाँले प्रधानमन्त्री ओलीलाई प्रचण्डले पहिलो गाँसमै ढुंगा भने जस्तो गराएको र पछि निरन्तर सरकारलाई असहयोग र घेराबन्दी गरेको जानकारी दिनुभयो ।
असफल बनाउन प्रचण्ड, माधव नेपालहरु निरन्तर लागेको, अस्थिरता ल्याउन लागेपछि ताजा जनादेशमा जान ओली बाध्य भएको उहाँले सुनाउनुभएको थियो ।
‘जनतामा जाऔं । ताजा जनादेश लिऔं भन्दा प्रतिगमन हुन्छ ?, प्रेस संगठनका इञ्चार्ज समेत रहेका नेता गौतमको प्रश्न थियो ।
प्रदेशभरीका संगठन आवद्ध पत्रकार सहभागी भेलामा नेकपा स्थायी कमिटी सदस्य एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले देश अब माओवादी नामक दमन र उत्पिडनबाट मुक्त हुने अवस्थामा पुगेको बताउनुभएको थियो ।
मन्त्री रायमाझीले केही दिन अघि नेकपाको अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहालले दुई मन्त्रीसंग खेमा परिवर्तनको वार्ता भएको भन्ने झुटो र भ्रामक अफवाह गरेर कार्यकर्ता र जनतालाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाउनु भएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #राजेन्द्र गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्