Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारकेश्वर कांग्रेसद्धारा आन्दोलनको घोषणा


तारकेश्वर काठमाडौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा तारकेश्वर नगरपालिकाभित्र आन्दोलनको घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनको विषयमा अदालतको निर्णय पर्खने कि तत्काल आन्दोलनमा उत्रनेबारे पार्टीभित्र चुलिएको मतभेद चिर्दै कांग्रेस तारकेश्वरले वडातहसम्मै विरोधका कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेस नगर कार्यसमितिको बैठकले माघ ३ गते शनिबार दिनको १ बजे धर्मस्थलीको डवलीमा विरोध सभा तय गरेको कांग्रेस नेता हरि तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार माघ ३ गते गैरीगाउँ शिबमन्दिरबाट बिहान ११ बजे र्याली शुरु गरि कोण सभा गरिने छ । सभालाई कांग्रेसका बिभिन्न नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #तारकेश्वर कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545