शैक्षिक सुधारका माग राख्दै आठ विद्यार्थी संगठनको आन्दोलन
साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग राखी आन्दोलनको घोषणा गरेका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय जनता पार्टी विद्यार्थी युनियन, अनेस्ववियु (पाँचांै)लगायत विद्यार्थी संगठनले आज पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनीहरुले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यको माग गदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउनेदेखि लिएर शैक्षिक आम हडतालसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
उनीहरुले नवौं शिक्षा ऐन खारेज गर्नुपर्ने, शिक्षा मन्त्रालयले गठन गरेको शुल्क अनुगमन समितिमा आफूहरुलाई पनि राख्नुपर्ने, विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने, चिकित्साशास्त्रसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
यसैगरी, गौतमबुद्ध भारतमा जन्मिएको भन्ने पाठ्य पुस्तक पढाउने र भारतीय राष्ट्रिय गान सिकाउने भारतीय विद्यालय बन्द गराउनुपर्ने, कूल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्नुपर्ने, निजी कलेज र विद्यालयमा वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, शिक्षामा लगानी गर्ने राजनीतिक दलका नेतामाथि छानबिन गर्नुपर्ने, पाठ्यपुस्तकको कमिशन खारेज गर्नुपर्ने लगायतका माग राखिएका छन् ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षले सरकारले समाजवादी शिक्षा ल्याउने नाममा निजीकरण गर्न थालेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।
समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले शिक्षा क्षेत्रमा देखिएको निजीकरण र व्यापारीकरण रोक्नुपर्ने बताउनुभयो । यस्तै, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्याम गौतमले सरकारले शिक्षालाई सुधार गर्नुभन्दा पनि विकृति ल्याउन थालेको आरोप लगाउनुभयो ।
विद्यार्थी संगठनले असार ११ देखि १६ गतेसम्म आन्दोलनको प्रचारप्रसार गर्ने, असार १७ गते शैक्षिक विकृतिविरुद्ध बहस कार्यक्रम सञ्चालन गर्ने, असार १८ गते देशभरि नै आँखामा कालो पट्टी बाँधी सिठ्ठी जुलुस गर्ने र १९ गते मसाल जुलुश प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #आठ विद्यार्थी संगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्