नेकपा सचिवालय : कार्यदल अनुमोदित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बैठकले कार्यदललाई बधाई ज्ञापन र अनुमोदन गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले कार्यदलको प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकम आउने तालिका तय गरेको छ ।
यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मङ्सिरभित्र) गर्न प्रस्ताव गर्नुभएको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा सचिवालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्