शाही युवा शक्तिद्धारा बर्तमान कार्यसमिति भङ्ग, नयाँ कार्यसमिति बनाउन पहल
काठमाडौ । शाही युवा शक्ती नेपाललले बर्तमान कार्यसमिति भङ्ग गरेको गरेको छ । मंगलबार एक बिज्ञप्ती मार्फत बर्तमान कार्यसमिति भङ्ग गरिएको जनाइएको छ । हालको कार्यसमितिमा केही निष्कृय रहेको र अव नयाँ कार्यसमिति मार्फत सक्रिय बनाउन उदेश्यका साथ भङ्ग गरिएको निर्बतमान अध्यक्ष पशुपति खड्काले बताए ।
बर्तमान राजनैतिक परिबेश बाट देश र जनताको राजसंस्थाप्रति आस्था बढ्दै गएको छ , त्यसैले नयाँ युवाहरुको सहभागीतामा भदौ सम्ममा नयाँ तदर्थ कार्य समिति बनाउने निबर्तमान अध्यक्ष खड्काले बताए ।
बर्ष भित्र देशभरीका जिल्लाहरुमा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति मार्फत राजसंस्थाको पक्षमा निरन्तर संघर्ष गर्ने खड्काले बताए ।
युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताको भावना विपरित केही सिमित नेताहरूको स्वार्थको कारण राजा र हिन्दु राष्ट्रको महिमामाथि आँच लाग्ने काम गरेको आरोप लगाए । उनले भने,‘हामीलाई थोरै छन् भनेर कसैले नसोच्नुहोस्, यदि राजसंस्था र हिन्दु राज्य नेपालमा पुनःस्थापना गरिदैन र हरेक क्रियाकलापमा राजालाई भाग लिनबाट बञ्चित गरिन्छ भने ‘अब हामी शसक्त आन्दोलन गर्छौँ ।’ आफ्नो संघ संघीय गणतान्त्रिक संविधान जारी भएयता विदेशीको भरमा लादिएको उक्त संविधानको खारेजीको लागि निरन्तर संघर्षमा होमिएको छ ।
अध्यक्ष खड्काले भने,‘हामी निरन्तर खबरदारी गरिरहेका छौं, जनतालाई ढाँट्नको लागि र झुक्याउनको लागि विदेशीको ईशारामा संविधान ल्याईएको हो, आज देशको यो हालत भएको छ, राजाविना यो मुलुकमा शान्ति, अमन–चयन र विकास हुनै सक्दैन् ।

क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्