Techie IT
शुक्रबार, जेठ १५,२०८३

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस


काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा १९ औं गणतन्त्र दिवस मनाइएको छ ।

विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले शान्तिको प्रतीक परेवा पनि उडाएको थियो ।

समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेका छन् । प्रधानमन्त्री साहले भने सम्बोधन गरेनन् ।

गणतन्त्र दिवस समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस


तपाईको कमेन्ट लेख्नुहोस्