प्रधानमन्त्री खोज्दै विपक्षीको विरोध, सभामुखले भने- छिट्टै सदनमा जवाफ दिने तयारीमा हुनुहुन्छ
काठमाडौं । आजको प्रनिनिधिसभा बैठकमा पनि विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरेका छन् ।
प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षीले विरोध गरेका हुन् । विपक्षीको विरोधपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री छिट्टै संसदमा उपस्थित हुने जानकारी दिए ।
प्रधानमन्त्री बालेन संसदमा जवाफ दिन तयारी गरिरहेका सभामुखले बताए ।
उनले भने, ‘संसद्मा उठेको प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्योयो भन्ने कुरा अत्यन्तै जायज छ, संविधानतः छ, नियमावली सम्मत छ, कानुन सम्मत छ र जनताको माग पनि त्यही हो। यसमा हामीले पटक–पटक संवादहरू विपक्षी दलका नेताहरूसँग गरिरहेका पनि छौँ । प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेकै छ । उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्ता पक्ष दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि प्रधानमन्त्रीले यहाँहरूले राख्नुभएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनुभएको छ । त्यस कारणले छिट्टै प्रधानमन्त्रीले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेट्नु नै हुनेछ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री खोज्दै विपक्षीको विरोध, #सभामुखले भने- छिट्टै सदनमा जवाफ दिने तयारीमा हुनुहुन्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्